काठमाडौं । विगत वर्षमा चाडपर्व मनाउन घर जानेको भिडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ६ महिनासम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।

विगत वर्षमा दसैंको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाडालगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौंसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ।
कोभिड-१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भिडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि भिडभाड हुने दसैंको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताए ।

विगत वर्षमा जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस बर्ष दैनिक ५० देखि ६० सवारीसाधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो।
ट्राफिक प्रहरीले चाडबाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यकरूपमा दुःख दिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख देवबहादुर खत्रीले बताए ।

उनले भने, “यात्रुहरूको सहजताका लागि जिल्लाका तीन स्थानमा नागरिक सहायताकक्ष स्थापना गरिएक छ।