Saturday, September 23, 2023

सांसद प्रभु साहको आफनै नगरपालिकामा प्रहरी सुरक्षा घेराकाबीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


सत्येन्द्र प्रताप सिंह कात्तिक ११ गते, रौतहट ।


नेकपा प्रदेश २ का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको आज शुभकामना आदान प्रदान कार्यक्रम प्रहरी सुरक्षा घेराकावीच सम्पन्न भएको छ ।
सांसद साहको आफनै नगरपालिका मौलापुर नगरपालिका १ मर्यादपुरमा आज प्रहरी सुरक्षा घेराकाबीच शुभकामना आदान प्रदान कार्यक्रम गर्नु भयको छ ।
सांसद प्रभु साहले आज विहान मर्यादपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको मर्यादपुरका वडा अध्यक्ष राम प्रवेस यादव सहित उनका समर्थकहरुले कडा विरोध गरेको छ ।
रौतहट प्रशासनको आदेश विपरीत सांसद साहले डिजे बाजा, माइकको प्रयोग र भिडभाड गरेर कार्यक्रमको आयोजना गरेकोले आफुहरु विरोध गरेको मौलापुर नगरपालिका १ का वडा अध्यक्ष राम प्रवेस यादवले बताएका छन ।
वडा अध्यक्ष यादवको नेतृत्वमा सयौ कार्यकर्ताहरुले विरोध गर्न थालेपछि सांसद साहले व्यापक मात्रामा नेपाल र शसस्त्र प्रहरी परिचालन गराएर सुरक्षा घेराकाबीच आफना कार्यक्रम गरेको हो ।
वडा अध्यक्ष राम प्रवेस यादवको नेतृत्वमा सयौ कार्यकर्ताहरुले विरोध सहित नारावाजी गर्न थालेपछि सांसद साहले कार्यक्रम विथोलिने डरले प्रहरीको सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो ।
सांसद साहको कार्यक्रम भइरहेका बेला बिच बिचमा वडा अध्यक्ष यादवका कार्यकर्ताहरुले विरोध गर्दा झडपको स्थिती समेत सृजना हुन सक्ने अवस्था आएको थियो तर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकोले झै झगडा अथवा झडप हुनबाट जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *