Sunday, September 24, 2023

भ्रस्टाचार विरुद्ध भिस्वा डाडामा स्थानीय बासीद्वारा पत्रकार भेला गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साको अनियमितता र भ्रष्टाचारको बिरोधमा प्रदर्शन

वीरगञ्ज , कार्तिक १३ गते बिहीबार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले विभिन्न चरणमा गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवाद्धारा सुरु गरेको अभियानले विभिन्न सम्बन्धित सरोकारवालालाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउदा पनि कुनै ठोसकदम नचलेको भन्दै आज बिहान ८ बजे वीरगञ्ज भिस्वा डाढाको प्राङ्गणमा स्थानिय युवाहरुले पत्रकार भेलागरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको बिभिन्न चरणमा भ्रष्टाचार र अनियमिताको पर्दाफास गरेका छन साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले भिस्वा होटेको सभाहलमा बार्षीक समिक्षा भईरहेको बेला सभाहल बाहिर बिरोध प्रर्दशन गरेका छन । बिरोध प्रर्दशन पश्चात कार्यक्रममा उपस्थित अतिथीहरुलाई बाहिर निस्किने क्रममा जो जो संग सम्बन्धीत छ भनि निवेदन हस्तान्त्रण गरेका थिए ।

उक्त निवेदन सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेका यस पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दका प्रमुख श्री रमेश मिश्रा यस अस्पतालको प्रमुखको रुपमा कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको उलेख छ । साथै अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी जतिखेर स्वास्थ्यकर्मिले आफ्नो ज्यानको जोखिममा राखी कोरोन संक्रमितको ज्यान बचाउन लागिपरेका थिए त्यतिबेला डा. रमेश मिश्राले घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका निवेदनमा उलेख गरिएको छ । कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका छन् । साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका यहि निवेदन (पत्र) संगै घण्टाघर स्थित एक आयुर्वे औषधीलयको एक व्यक्तिले औषधी लुकाई छिपाई लगिरहेको भिडीयो सार्वजनिक गर्दै । कार्यालयका कर्मचारीले कार्यालयको उपचार सामाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिक लगेर प्रयोग गर्ने गरेका छन । कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिपका साथै सादा बिल मगाई आफ्नौ मनोमानि तरिकाले बिल भउचर बनाई पासगरेको बिल एक बिल भउचरको फोटो सार्वजनिक गरेका छन ।

त्यसका साथै स्वास्थ्य केन्द्रमा विगत ६ , ७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचारी मुख्यमन्त्रीका एकजना नजिकको मान्छे र उनका पि.ए को सालो राखी कार्यालयनै बाहुल्यको अधिनमा राखी राजनिती गतिविधि तथा राजनिती धाक धम्कीले कार्यलय संचालन भईरहेको र राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा एक दुई दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कायालयमा अनेकौं नियम बिपरित कामहरु हुदै आई रहेको र यस सन्दर्भमा स्थानिय बासीहरुको गम्भिर ध्यानाकर्षण भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दमा डा.रमेश मिश्राकै अध्यक्षतामा सहयोग समिती बनाईएको थियो त्यहि सहयोग समिती संग छलफल तथा समन्वय गरी स्थानीय युवाहरुले अस्पतालमा निगरानी बढाए पछि डा. रमेश मिश्राले आफैले गठन गरेको सहयोग समिति ६ महिना नबित्दै सूचना निकाली खारेज गरी मनोमानी गरेकाे यश पत्रमा उलेख गरिएको छ ।

यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र प्रदेश नं २ सामाजीक विकास मन्त्रलयलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउदा पनि अहिले सम्म कुनै ठोषकदम नचलेकोले हामी स्थानीयवासी घोर भत्र्सना गरेका छन भने जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त र दुरुस्त व्यवस्थापकिय सेवा सहित यस कोविड -१९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु नगरेमा हामी स्थानियहरु थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यवहोरा पत्र मार्फत जानकारी गराउनुका साथै उपरोक्त बुंदाहरुमा छानविन गरी कार्यालय प्रमुख डा.रमेश मिश्रलाई कानुन बमोजिम कार्यवाही गर्न अनुरोध छ । साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापकीय सुधार गरी प्रदान गरिने अायुर्वेद सेवा नियमित तथा सहज रुपमा सुचारु गराउनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती तथा स्थानीय वडाबासीहरु संयुक्त रुपमा यो पत्र यो संग सम्बन्धित, स्थानिय अगुवा, वुद्धिजिबी,तथा भ्रष्टाचार विरुद्धका अभियन्ताहरुलाई बुझाउदै छौ तथा भ्रष्टाचार विरुद्धको हाम्रो अभियानमा सहयोग र सहभागीताको लागी स्थानियहरुले सोहि पत्र मार्फत अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *