Thursday, September 28, 2023

अचानक किन गरे पत्रकार भेटघाट मन्त्री भट्ट ले?

 २०७७, १४ कार्तिक शुक्रबार

अत्तरिया : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।

मन्त्री भट्टले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र शिलान्यास को तयारी भइरहेको बताए । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोर निर्माणको काम समेत सुरु हुने उनले बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका रासायनिक मल कारखाना खोल्ने सम्भावना बढेको समेत बताए । बैतडीमा फलाम खानी, दिपायल खुटिया सुरुङ मार्ग, चौकीडांडा –फल्टुडे पक्की सडक मार्ग निर्माणको कार्य पनि अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *