Saturday, September 23, 2023

कस्को इशारामा भित्रिदै छ कपडा र पटका ?


पर्सा, १९ कार्तिक

भनिन्छ सुरक्षाकर्मी हाम्रो देश नेपालको राजस्वका साथ साथै जनताको सुरक्षाको निम्ति पनि खटिएका छन । तर नेपाल र भारतको सीमा नाकामा खटिएका त्यही सुरक्षाकर्मीहरूले गर्दा दिनहु लाखौ बराबरको पटका भित्रिरहेपनि सुरक्षाकर्मी लिप्त भएको देखिन्छ ।
पर्सा जिल्लाको अलौ नाका हालको समयमा कपडा र केराउ तस्करीको अखडाको रूपमा परिणत भएको छ । कारण हो सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरू रकममा लिप्त । कपडा तस्करीको नाममा पटका समेत भित्रिदा पनि सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी रकम लिए पश्चात् आखामा पट्टि समेत बान्धेको यहि घटनाले उजागर पारेको छ ।
सीमा नाकाको मुख्य जिम्मेवारी बहन गरिरहेका सशस्त्र प्रहरी बल नेपाललाई मासिक ५ लाख रूपैया तस्कर समुहले दिने गरेका छन भने जनपद प्रहरीलाई मासिक ४ लाख नजराना जाने गरेको तस्कर श्रोतले जनाएका छन । स्थानीय बैझनाथ भनिनेले कपडाको तस्करी गर्नको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक ९ लाख दिए पश्चात् तस्करी कार्य सुचारू गरेका छन भने सुनिल भनिने तस्करले पनि स्थानीय प्रहरी प्रशासनलाई लाखौ रकम दिए पश्चात् केराउ तस्करीको कार्य सुचारू गरेका छन ।
सीमामा खटिएका प्रहरीले मात्र रकम लिएर ठुला वडा तस्करीको लाइन खुल्ला गर्न नसकेको कारण यस घटनामा प्रदेश प्रहरी र सशस्त्र प्रहरीका डिआइजीको टोलि समेत समावेश भएको बताइन्छ । प्रहरी चौकी श्रीसियाका प्रमुख प्रहरी नायब निरीक्षक गजानन्द साहको माध्यमले प्रदेश प्रहरीबाट खटिएको टोलिलाई नजराना पुगेको छ भने बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीको माध्यमले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकासम्म रकम पुगेको श्रोतको दाबी रहेको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यले उक्त तस्करीको बिषयमा आफुलाइ केही जानकारी नभएको र उक्त बिषयमा बुझने बताउनु भयो । उहाले स्थानीय बि.ओ.पि. ले गल्ती गरे कारवाहीको भागिदार हुने भन्दै यस बिषयमा छानबिन गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *