Tuesday, September 26, 2023

कल्याणकोट कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः चमेली चौधरी चयन

सोन कुमारी थारु, विजयनगर

कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं। ९ तुरुन्तपुरमा रहेको कल्याणकोट कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः चमेली चौधरी चयन हुनु भएको छ । शनिवार कल्याणकोट कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट उहाँ अध्यक्ष पदमा पुनः चयन गरिएको हो । जसमा उपाध्यक्षमा नरमति विश्वकर्मा, सचिवमा दिलमाया रोका, सह–सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा हरिकला केसी र सदस्यहरुमा प्रेमकला अर्याल जैसी, कल्पना दमोनी, कुबुतरी थारु, असारी थारु गरी ९ जनाको कार्य सञ्चालन समिति गठन गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को सहकारीले २ करोड १५ लाख ७० हजार ३ सय ७१ रुपियाँ आयव्याय प्रस्तुत गरेको थियो । सहकारीमा १५ समुह आबद्ध रहेका छन् भने ३ सय ५५ जना शेयर सदस्य छन् । जस मध्ये ३ सय ५१ महिला र ४ जना मात्र रहेका छन् । यस सहकारी संस्थाले कषि सामग्री उत्पादन गरी उचित मूल्यमा वितरण गर्ने, दुग्ध सङ्कलन केन्द्रको स्थापना गर्ने र तरकारी सङ्कलन केन्द्रको स्थापना गर्ने भावी योजना बनाएको सहकारीका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा सदस्य राम गोपाल थारुले कल्याणकोट कृषि सहकारीले सराहनीय कार्य गरेको बताउनुभएको छ । महिलाहरुले आफै सक्रिय भएर लगनशीलतापुर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै थारुले प्रसंशा समेत व्यक्त गर्नुभयो । सहकारीमा आबद्ध रहेका सदस्यहरुलाई कृषि सहकारी भएकोले व्यवसायिक रुपमा तरकारी खेती, पशुपालन पेशामा लगानी गर्न सुझाव दिनुभएको थियो ।

यस्तै कार्यक्रममा आफ्नो कुरा राख्दै समाजसेवी तोर बहादुर जीसीले सहकारी भनेको हामीलाई सुख दुखमा साथ दिने भाकारी भएको बताउनुभयो । जति बेला पनि समस्या पर्दा त्यहाँबाट सजिलै ऋण लिन सक्ने बैँक रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी हरि श्रेष्ठले सहकारीको मालिक हामी आफै हो, आफै जम्मा गरौँ, आफै मुनाफा कमाउने सहकारी नै एउटा बैँक भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजसेवी प्रमोद सुबेदीले यो सहकारीले उल्लेखनीय कार्य गरेको बताउँदै आफ्नै खुट्टामा उभिन सिक्नुपर्ने बताउनुभयो । यस संस्थाले स्वावलम्बी बनाउन अहम भुमिका खेलेको बताउनुभयो । यस सहकारीले कुषि उत्पादनमा कार्यमा लगानी गर्न सके अझै अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रमलाई समापन गर्दै सहकारीकी अध्यक्ष चमेली चौधरीले सहकारीका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित तरिकाले अगाडी बढाउने बताउनु भएको छ । यसमा आबद्ध सदस्यहरुका लागि विभिन्न सीममुलक र चेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले अहोरात्र खटेर भए पनि सहकारीका हरेक कार्यमा आफ्नो जिम्मेजवारी पुर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा विभिन्न समुहका सक्रिय सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी नायब निरिक्षक हीमनाथ घिमिरे,समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि,सञ्चारकर्मी, सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो भने सहकारीका सह–सचिव सरस्वती थापाको स्वागत मन्तव्य तथा व्यवस्थापक दिल माया थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *