Thursday, September 28, 2023

क्यू.आर.टी.का ईन्चार्ज कुशवाहाले पर्सा जिल्लामा मच्चाए आतंक


वीरगंज २५ कात्तिक
पर्सा जिल्लामा टाईगर टोली भनिने क्यू.आर.टी.का प्रहरीहरुले सर्वसाधारणहरुलाई विभिन्न किसिमका डर त्रास देखाई रकम असुल्ने गरेको रहस्योदघाटन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तथा समाजमा भईरहेको विभिन्न किसिमका अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न क्यू.आर.टी. खटाएको छ । तर सो टोलीका ईन्चार्ज प्रहरी हलदार देवदत्त कुहवाहा लगायत उनका मातहतमा रहेका प्रहरीहरुले तस्करहरुसँग साठागाठ राख्दै मासिक लाखौं रुपैया असुल्ने गरेको घटना छताछुल्ल भएको छ ।
सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यपारीहरु वीरगंजबाट आफनो पसलका लागि सामग्रीहरु किनेर लैजादा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्सा धोरेका एक व्यपारी राजबली साहले गुनासो गरे । त्यसैगरी पर्सा जिल्लाको ग्रामीण सिमावर्ती क्षेत्रहरुमा घर भएका व्यक्तिहरु आफ्नो घरबाट खाद्यान्न लगायतका सामग्रीहरु ल्याउदा समेत टाईगर टोलीका प्रहरीहरुले हैरान गर्ने गरेको गुनासो गरेका छन् ।
क्यू.आर.टी. ईन्चार्ज बनेका कुशवाहाले तस्करहरुसँग मासिक रुपमा नजराना बुझने गरे पनि उनका मातहतका प्रहरीहरुले अलगै तस्करहरुलाई धम्काई पैसा लिने गरेको वीरगंज छपकैयाका एक तस्करले नाम नछाप्ने शर्तमा बताएका छन् ।
“ईन्चार्ज कुशवाहालाई मासिक ५० हजार दिने दिने गरेको छु तर पनि सो टोलीमा खटने प्रहरीहरुले बारम्बार तपाईको सामान पक्राउ गरी बुझाउने धम्की दिदै पैसा लिने गरेको” भन्दै सो तस्करले “हामी ईन्चार्जलाई जब महिनावारी दिरहेको छु, अनि प्रहरीहरुलाई पनि कहाँबाट दिने ? त्यसमा पनि क्राईम शाखाका प्रहरीलाई पनि दिनु पर्छ” भने ।
ईन्चार्ज कुशवाहाले यति सम्म आतंक मच्चाए पनि पर्सा प्रहरीका उच्च अधिकृतहरुको ध्यान नजानुले उनिहरुमाथि पनि विभिन्न किसिमका शंका उपशंका हुने गरेको बताईन्छ । पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले अपराध नियन्त्रण तथा तस्करी रोक्न भरमग्दुर प्रयास गरे पनि उनका मातहतका केही भ्रष्ट कर्मचारीहरुका कारण उनको पनि नाम बदनाम भई रहेको स्थानियवासीहरु बताउदछन् । यसमा समयमै सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *