Saturday, September 23, 2023

जनज्योति मा.बि.सुन्दरपुरमा बिद्यालय सुधार योजना संसोधन(SIP Review)कार्यशाला सम्पन्न


भजन शाही
जनज्योति मा.बि. सुन्दरपुरमा बिद्यालय सुधार योजना भित्र बाल संरक्षण र सुरक्षा मापदण्ड बिषय समाबेश गर्नकालागी १ दिने कार्यशाला (SIP review)गोष्टी सम्पन्न भएको छ। गोष्ठीमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै २५ जना सहभागिको उपस्थिति रहेको थियो।गोष्टिको अध्यक्षता बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष प्रभुजङ्ग शाहीले गर्नुभएको थियो भने संचालन फिल्ड सुपरभाइजर(सुरक्षित सिकाइ परियोजना blossom project)बेस कैलाली कि बिनिता चौधरीले गर्नुभएको थियो।
UKAID को सुरक्षीत सिकाइ कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र Mercy crops नेपालको प्राबिधिक सहयोगमा बेश कैलाली द्वारा सुरक्षित सिकाइ कार्यक्रम सन्चालन भएकोछ।कैलालीका ५७ र कंचनपुर का १३ वटा बिद्यालय गरि जम्मा ७०वटा बिद्यालयमा यो कार्यक्रम लागुभएको Mercy crops नेपालका सिनियर प्रोजेक्ट अफिसर हर्क बहादुर बलायरलेे जानकारी गराउनु भएको छ।
आजको कार्यशाला भेलाले बिधालय सुधार योजना SIPमा बाल संरक्षण र सुरक्षा मापदण्ड सम्बन्धि तपशिल बुदा समाबेस गर्ने तथा SIP review कोलागि तपशिल बमोजिमको समिति बनाउने निर्णय गरेकोछ।
तपशिल:
१)बिधालयमा गुनासो सुनुवाइ समेन्त्रको गठन र ब्यवस्थापन।
२)पारिवारिक समन्वय घरायसी तथा सामाजिक परिवेश।
३)लैङ्गकि हिंसा सम्बन्धि जानकारी।
४)Child friendliy class room निर्माण गर्नकालागी योजना र रणनीति।
५)अभिभावकको लागी सचेतिकरण कार्यक्रम छात्रा अतिरिक्त क्रियाकलाप।
६)संचारको नकारात्मक प्रयोग र यसले पार्ने असर।
७)बिधालयमा महिला शिक्षकको भुमिका र फोकल शिक्षकको ब्यबस्थापन।
८)शिक्षण सिकाइ क्रियाकलाप शिक्षकको व्यबहार हेर्ने दृष्टिकोण।
बिद्यालय सुधार योजना संसोधन(SIP review)को लागि तपशिलको समिती गठन गरिएको छ।
SIP review समिती:
१)संयोजक बक्तबहादुर शाही (प्र.अ)
२)सदस्य पार्वती बोहरा (सि.अ.सं. सदस्य)
३)सदस्य गिता बोगटी (अभिभावक)
४)सदस्य दिपेन्द्र सुवेदी (स.प्र.अ)
५)सदस्य बिबेक जङ्ग शाही (बिध्यार्थी कक्षा १०)
सल्लाहकार संयोजक प्रभुजङ्ग शाही (बि.ब्य.स.अध्यक्ष)
कार्यक्रममा सुरक्षित सिकाइ परियोजना अन्तर्गत थप जिज्ञासा,जानकारिको लागि टोल फ्री नम्बर १६६००१०३४०१(ntc),९८०१५७१०४४(Ncell) को बारेमा जानकारी समेत भएकोछ।कार्यक्रममा अथितीको रुपमा Mercy crops नेपालका सिनियर प्रोजेक्ट अफिसर हर्कबहादुर बलायर तथा mercy crops कै अनुगमन तथा मुल्यांकन संयोजक गणेश राज भट्ट तथा बेश कैलालिका सुरक्षित सिकाइ परियोजना अन्तर्गत का सामाजिक परिचालक बिन्तिराम चौधरीको बिशेश उपस्थितिमा बेस कैलालीको सुरक्षित सिकाइ परियोजना अन्तर्गत फिल्ड सुपरभाइजर बिनिता चौधरीले कार्यक्रम अबधी भर लिड गर्नुभयो।करिब बिहान ११:०० बजेबाट सुभारम्भ भएको कार्यशाला अपराह्नको२:०० बजे सम्म कोभिड १९को महामारीलाई ध्यान दिएर सुरक्षाका सबै उपाए अपनाएर चलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *