Saturday, September 23, 2023

बिश्व बजार सङ्ग प्रतिस्पर्धा गर्दै बिरगंजका कम उमेरका युवा व्यवसायी अनिल ब्याहुत ।

बिरगंज , कार्तिक २५

बिरगंजका कम उमेरका युवा व्यवसायी बिश्व बजारसङ्ग प्रतिस्पर्धा गर्ने युवा पुष्ताको लागी उदाहरणिय पात्रको रुपमा हेर्न सकिन्छ ।

झट्ट हेर्दा भर्खरको युवा केटो, न कुनै देखावटी हाउभाऊ न कुनै तामझाम, बिहान वा बेलुकी साथीसंग बिरगजको मेनरोडमा सजिलै भेटिने एक युवा विश्व कै ठुलो कम्पनीहरु संग प्रतिष्पर्धा गर्ने उधोगको एकल लगानी कर्ता हुन भन्दा धैरैले नपत्याउलान।

तर त्यो नै धुव्र सत्य हो, उनी हुन पर्दा पछाडि बस्न रुचाउने अनिल कुमार ब्याहुत ।उमेरले ३३ बर्षमा पुगेको
ब्याहुत सानै उमेर देखी केही गर्छु भन्दै हिडथे। नाम पछाडि को थर बद्ले आफ्नो छुट्टै पहिचान हुन्छ भनेर कक्षा ५ देखी नै अनिल गुप्ता छोडेर अनिल ब्याहुत लेख्न लागेका अहिले पनी एक साधारण ब्यक्तिको भन्दा भिन्नै सोच्छन।

सानै उमेर देखी नै ब्यवपारमा लागेका ब्याहुत समाज सेवामा नि सक्रिय छन। राजनितीमा खासै रुची नभए पनी देशको ताजा अवस्था बारेको उनको प्रतिक्रिया भने समाजिक संजालहरुमा देखिन्छ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा मनपसन्द वेभरेज नेपाल नामको फ्रुट जुस उधोग उनको एकल लगानीमा निर्माण भएको हो। उधोग स्थापना गर्नुपुर्व सवारी दुर्घटनामा परी एउटा हातले अपाङ भएका ब्याहुत शारीरिक रुपमा अपाङ भए पनी मानसिक रुपमा तयार थिए विश्वकै ठुलो समुह संग बजारमा जुध्न र त्यो काममा सफल नि भए।
समाजीक,प्रकृतिक,पारिवारिक,विश्व महामारी लगायत धेरै बाधा अवरोध हरु आए पनी आफ्नो लक्ष्य संग समझौता गरेन्न बरु त्यसबाट पाठ सिकेको र हाम्रो जीवनकालमा आउने हरेक समस्याले आफ्नो समाधान र भविष्यको लागी पाठ लिएरै आएको हुन्छ, त्यस्ता समस्याहरूको अगाडी घुडा टेक्नु र आफ्नो समय बर्बाद गर्नु भन्दा आफ्नो लक्ष्य मा ध्यान दिनु पर्छ भन्छन ब्याहुत
हिन्दी भाषा मा भनिन्छ “मानलो तो हार ठानलो तो जित” लाई परिभाषित गरेका ब्याहुत आज एक सफल व्यवसायी हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *