Thursday, September 28, 2023

क्राइम टोलि र क्यू.आर.टी कै संरक्षणमा जुवा खेलाइदै


पर्सा, २७ कार्तिक

पर्साको बिश्रामपुरमा क्राइम टोलि र क्यू.आर.टी. टोलिकै संरक्षणमा जुवातास खेलाउदै गरेको रहस्य बाहिर आएको छ । हिन्दुहरूको महान चाड दशै, दिपावली र छठ पर्वको अवसरमा प्रहरीले आफ्नो कमाइ खाने जुवालाइ माध्यम बनाएको बिश्रामपुरका एक युवकले बताएका छन ।
युवकले आफ्नो नाम नछाप्ने सर्तमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलि र क्यू.आर.टी टोलिलाई लाखौ रूपैया नजराना दिए पश्चात् जुवा खेलाइरहेको आरोप लगाए । आफ्नो छर छिमेकमा यस्ता गतिविधि नगर्न प्रहरीले भनेपनी प्रहरीका केही पदाधिकारीका कारण यस्ता गतिविधि बढेको उनले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तले आफ्नो मातहात खटिएका प्रहरीलाई जति इमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिएपनी उनकै मातहातमा खटिएका प्रहरीले पन्तको निर्देशनलाइ धज्जी उडाउदै जुवा खेल्न निर्देशन दिएको बताइन्छ ।
मासिक १० लाख रूपैया नजराना क्राइम टोलि र क्यू आर टी टोलि लिए पश्चात् जुवाडीलाई जुवा खेल्न निर्देशन दिएको अर्का स्थानीयले आरोप लगाए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तले यस बिषयमा बुझिरहेको र लापरबाही तरिकाले काम गर्ने जोकोही प्रहरीलाई कानूनको दायरामा ल्याउने बताउनु भयो । उहाले कानून भन्दा माथी कोइ नभएको र कानून विपरीत कार्य गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *