कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा मानव बेचबिखन तथा ओसारप्रसाद नियन्त्रण र बाल विवाह न्यूनीकरण सम्बन्धी १ दिने जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारप्रसाद नियन्त्रण, बाल विवाहले निम्त्याउने समस्या र ऐन नियममा भएका कानुनको बारेमा जानकारी दिनको लागी कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा भित्रका बाल क्लब,आमा समूह, भल्मन्सा,शिक्षक,युवा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहरा र अभिवक्ता पुष्प विक्रम शाहीले गरेका थिए । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने अपराध लगायत अन्य सामाजिक विकृति नियन्त्रणका लागि सबै सरोकारवाला निकायहरू ऐक्यबद्ध भएर अगाडी बढ्नुपर्ने प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा प्रहरीले मात्र एक्लैले गर्न नसक्ने हुँदा समुदायहरूको भूमिका एक दमै महत्त्वपूर्ण हुने बताए । आपसी सहयोग एवम् समन्वय गर्दै अगाडी बढेको खण्डमा यस्ता आपराधिक क्रियाकलाप समुदाय बाट आफै नियन्त्रण हुने उहाँको विश्वास रहेको थियो ।पछिल्लो समय समुदायमा बाल विबाहा बढेको अधिवक्ता पुष्प विक्रम शाहीले बताए । शारीरिक तथा मानसिक रोगको सिकार हुने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने,कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जस्ता समस्या हुने उनले बताए ।
नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको उहाँले सहभागीहरूलाई जानकारी गराए । बाल विवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरूको सशक्तीकरण गर्नुपर्ने अधिवक्ता पुष्प विक्रम शाहीले बताए । बाल विवाह गैर कानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध सङ्गठित भएर आवाज उठाउने पर्ने उनले बताए । कार्यक्रममा सहभागीहरूले कार्यक्रम एक दमै राम्रो भएको र धेरै कुरा सिक्न पाएको उनीहरूको धारण थियो ।