Saturday, September 23, 2023

सवारी पार्किङ शुल्कको नाममा मापदण्ड बिपरित अन्य शुल्क उठाउने दुई पक्राउ

बिरगंज , कार्तिक २८ गते शुक्रबार

बिरगंज महानगर पालिकामा आज नियम बिपरित सवारी पार्किङ शुल्क उठाउने दुई पक्राउ परेको छ ।

बिरगंजको मुख्य बजारमा रहेको फुटपाथमा तिहार र छठको अवसरमा आवश्यक पर्ने फलफुल, पूजा सामग्री र माटोको भाँडोलगायत सामग्री बेच्नेहरुसँग मापदण्ड विपरित पार्किङ्ग शुल्क उठाउने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी विकास गुप्ता र गेना प्रसाद साह रहेका छन् ।

पक्राउ परेका साह र गुप्ताले सत्या कन्स्ट्रक्शनको प्रतिनिधि बनेर सवारी पार्किङ्गको कर उठाई रहेका थिए तर, फुटपाथमा पसल थापेर बसेकाहरुसँग समेत सवारी कर उठाउन थालेपछि विवाद उत्पन्न भएको थियो । विवाद पछी प्रहरीले सोधपुछको लागि उनीहरुलाई पक्राउ गरेको पर्साकी प्रहरी प्रमुख एसपी गङ्गा पन्तले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *