Tuesday, September 26, 2023

काेराेना कहरकाे बीचमा भाइटिका काे राैनक

धनी राम काेरी
कपिलवस्तु

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका हाे । तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

भाईटीका तिहारको अन्तिम दिन हो । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ ।

कोरोनाको कारण ले विगतको बर्षहरुमा जस्तो यसपालीकाे दशैं तिहार मनाउने अवस्था नभए पनि आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले सावधानी अपनाएर भाईटीका मनाएका छन् ।

आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले भने नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ ।

भाइटीका पर्व नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । दाजुभाइ दिदीबहिनीहरु काे सम्बन्धलाई अझै राम्रो बनाउने का लागि भाइटिका मनाइन्छ ।

भाइटीका को दिन दिदीबहिनीले अा-आफ्ना दाजुभाइलाई शुस्वास्य , दिर्घायु , उत्तराेत्तर प्रगति एवम् हरेक इच्छाहरु पूरा हुदै जाउन भनी कामना गर्दै टीका लगाएर मनाउने गर्छन् ।

भाइटिका काे दिन मिठाे मिठाे परिकार काे खाना बनाएर खाने , मिठाइ र फारा खुवाउने परम्परा रहेको छ ।

दाजुभाइलाई टीका लगाउने , मिठाइ खुवाउने र माला पनि पहिराउने परम्परा रहेको पाइन्छ ।

मंसिर १ गते साेमवार का दिन भाइटिका , गाेवर्धन पुजा , नेपाल सम्वत ११४१ प्रारम्भ , अन्तर्राष्ट्रिय सहनशीलता दिवस र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस पनि अाजै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *