Sunday, September 24, 2023

सुआहाराले नगरपालिका मार्फत महिला स्वयमंसेविकाहरु लाई माक्स सेनिटाइजर हस्तान्तरण

कृष्णनगर, कपिलबस्तु , मंसिर ४

राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् । ति सबै कुरा लाई ध्यानमा राख्दै र कार्यक्रमलाई सफल बनाउनको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रम ले कृष्णनगर नगरपालिका को स्वास्थ्य शाखालाई भिटामिन “ए“ कार्यक्रमलाई लक्षित गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर हस्तान्तरण गरेको छ ।
२०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए“ जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको लागि कृष्णनगर नगरपालिका भित्र रहेको ११४ महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका नवीन डाँगी ,पृथीपाल तेली तथा संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।
यस अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *