Thursday, September 28, 2023

नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण

वीरगञ्ज ४ मंसिर

आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत सामग्री वितरण गरिएको छ।

सो राहत वितरण कार्यक्रमका प्रमुख नेपाली कांग्रेस केंद्रिय सदस्य एवं तराई मधेस समन्वय विभाग प्रमुख अजय कुमार चौरसियाले आज एक कार्यक्रमका बीच १०० जना गरिब, विपन्न परिवार लाई राहत बितरण गर्नु भएको छ।

उक्त राहत बितरण कार्याक्रममा एक घरधुरी लाई २५ के जि चामल २ केजि दाल १ केजि नुन, तेल र साबुन बितरण गर्दै शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेता चौरसियाले हिन्दू धर्मावलम्बी को महान् पर्व छठको शुभकामना दिदै राहत बितरण गर्नुभयो ।

सो कार्यक्रममा गरुडा नगरपालिका को उपप्रमुख रंगीला कुमारी जैसवाल, समाज सेवी सरोज चौरसिया, नेपाली कांग्रेस का युवा नेता धीरज कुमार गुप्ता एवं स्थानीय नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *