Sunday, September 24, 2023

सामूहिक कुट्पिटमा परेका अछामका युवकको मृत्यु

सामुहिक कुट्पिटमा परेका अछामका युवकको कोहलपुरमा मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका दिपक टमट्टाको उपचारका क्रममा मृत्यु भएको हो । गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउँद लगाएतका युवाहरुले उनलाई कुट्पिट गरेका प्रहरीले जनाएको छ । अछाम प्रहरीका अनुसार उनको मंसिर २ गते मृत्यु भएको हो । तर आफ्न्तहरुले ढिलोगरी प्रहरीमा जाहेरी दिएका हुन् । 

उनीहरुले विहीबार दलबहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी दिएका अछामका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । टमट्टालाई कुट्पिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *