Tuesday, September 26, 2023

कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ३७७ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १/१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका १ जनामा  पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *