कोरोनाका कारण ओम अस्पतालका संस्थापक सदस्य डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ।
वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको शनिबार दिउँसो ४ बजे ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार ७७ वर्षीय उनलाई १५ दिन पहिले कोरोना देखिएको थियो।
कोरोना भएपछि उनलाई कडा निमोनिया देखिएको थियो। एक पटक निको भएर अस्पतालबाट घर गएका उनी पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
वीर अस्पतालको निर्देशिकको जिम्मेवारीसमेत सम्हालेका डा. मुडभरीले राजा विरेन्द्र शाहका पालामा ‘शाही चिकित्सक’का रुपमा पनि सेवा दिएका थिए।