




काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका ६ को घुन्सामा घुन्सा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य एकाइ भवन उद्घाटन गर्नुभएकाे छ ।

घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुग्नुभएकाे हाे । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभयाे ।
साेमबार नै प्रधानमन्त्री ओली इलाम पुग्ने तय भए पनि खराब माैसमका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेपछि उहाँ ताप्लेजुङबाटै काठमाण्डाै फर्किनुभयाे ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा पुग्नुभएकाे थियाे ।

























तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालयअन्तिम अपडेट: मंसिर ८, २०७७
