Sunday, September 24, 2023

गौतमको अभिव्यक्ति र पाण्डेमाथिको आक्रमणले प्रचण्ड–नेपाल समूह रक्षात्मक

भजन शाही ,डेमोक्रेसी संवाददाता,प्रकाशित मिति : २०७७ मङ्सिर८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू कुनैपनि गुटमा नरहेको अभिव्यक्ति दिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकितसँगै रक्षात्मक बनेको छ । गौतमले शनिवार पार्टीमा विभाजन नआउने दाबी गर्दै आफू कुनैपनि गुटमा नरहेको बताएपछि प्रचण्ड–नेपाल समूह संशकित बनेको हो । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिवार आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिदै सो कुरा बताएका थिए ।

‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,’ उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन,’ उनले भनेका छन् । दुई महिनायता निरन्तर प्रचण्ड–नेपाललाई सहयोग गर्दै आएका उनले सो अभिव्यक्ति दिएर मध्यमार्गी बाटो अपनाएको आभाष दिन खोजेका छन् । वामपन्थी बुद्धिजिवी श्याम श्रष्ठले दुई दिनअघी एक टेलिभिजन कार्यक्रममा ओलीसँग फरक मत राख्दै आएकामध्ये वामदेब गौतमको अझै विश्वास नरहेको भन्दै उनीमाथि आशंका व्यक्त गरेका थिए । उनको गतिविधीले सोहि आशंका ओली इतरको समूहमा रहेको थियो । दाङको आजको अभिव्यक्तिले यहि आशंकालाई पुष्टी गरेको नेकपाकै एक नेता बताउँछन् ।

नेकपाको सचिवालयमा गौतम जता लाग्यो उतै पल्लाभारी हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि आकर्षक मन्त्रालयको र उपप्रधानमन्त्री दिएर मनाउने कोशिस गरिरहेको थियो । लामोसमयदेखि सत्ता बाहिर रहेर कमजोर महशुस गरेका गौतम सत्तामा रहेर शक्ति संचय गर्न चाहन्छन् । आगामी चुनावको बेला चुनावी मोर्चाको नेतृत्व समेत गर्न दिने आश्वासन दिइएपछि उनले प्रचण्ड -माधव नेपाल समूहलाई एकपटक फेरि धोका दिएर ओली क्याम्पमा छिर्ने तयारीमा रहेको देखिएको हो । त्यही कारण पनि काठमाडौंमा राजनीतिक माथापच्ची चलिरहेको बेला दाङमा पुगेर उनले राजनीतिक सन्देश दिएका छन्।

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको दावी गर्दै गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । जबकि ओली भने प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ लेख्न बसिसकेका छन् ।
गौतमको यस्तो अभिव्यक्ति आएकै बेला चितवनमा ओली पक्षका कार्यकर्ताहरुले नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई दूर्व्यवहार गरे । चितवनको विकासे आयोजनाको अनुगमन र पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी उनीमाथि ओली निकट रहेका कार्यकर्ताले दूर्व्यवहार गरेपछि उनिमाथिको आक्रमण नियोजित भएको भन्दै पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले छानवीनको माग गरेका छन् । यसले पनि पार्टीभित्रको विवाद तल्लो तहसम्म पुगेको र झन पेचिलो बन्दै गएको संकेत दिएको छ ।
पाण्डेलाई पार्टी एकताविरोधि अभिव्यक्ति दिएको आरोप लगाउदै दूर्व्यवहार गरेपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निन्दा र भत्सर्ना गरेका छन् । उनले एक विज्ञप्ति प्रकासित गरेर गृहनगरमा भएको कार्यक्रममा केही व्यक्तिहरु अनधिकृत रुपमा प्रवेश गरी दूर्व्यवहार गरेको भन्दै पार्टी कमिटीबाट छानवीन गरी कारवाहीको माग समेत गरेका छन् ।
‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँदछु’, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै झलनाथ खनालले पनि उनीमाथि आक्रमण गर्ने कार्यकर्तालाई कारवाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *