Sunday, September 24, 2023

भारतिय प्रदर्शनकारीद्वारा पर्साका पत्रकार माथि दुरव्यवहार

भारतीय प्रदर्शनकारीहरुद्वारा पर्साका पत्रकार माथि दुर्व्यवहार गरेको थियो ।
वीरगन्ज र रक्सौल बीचको मितेरी पुलमा भारतीयहरुले प्रदर्शन गरेको प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पर्सा पोष्ट साप्ताहिक पत्रिकाका प्रकाशक, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका कार्यवाहक अध्यक्ष एवं प्रेस संगठन नेपाल पर्साका जिल्ला सदस्य अजित कुमार भूजेलको मोबाईल खोसेर केहीबेर राखी फोटो, भिडियो डिलिट गरेर मात्रै फिर्ता गरेको समाचार प्राप्त भएको छ ।

सञ्चारकर्ममा लागेका बेला सञ्चारकर्मीमाथि हुने जुनसुकै दुव्र्यहारको घटना निन्दनीय छ । उहाँको मोबाईल अहिले फिर्ता पाईसकेको जानकारी गराउनु भएको छ । उहाँका अनुसार आज बिहान ९:३० बजे नेपाल प्रवेश गर्न खोज्नेहरुलाई नेपाल प्रहरीले रोक लगाएपछी त्यसको बिरोधमा भारतियहरुले मितेरी पुलमा बिरोध प्रदर्शन गर्दै नेपाली गाडी रक्सौलमा जान नदिने भन्दै बिरोध प्रदर्शन गर्दै गरेको समाचार संकलन गर्दै गर्दा प्रदर्सनकारीले सन्चारकर्मी अजित भुजेललाई मिडियाबाजि बन्द करो , तुमको यहाँ किसले आने दिया भन्दै दुरव्यवहार गर्दै मोबाइल खोसी समाचार संकलन गरेको भिडियो र फोटो मोबाईलबाट डिलिट गरि केही बेरमा फिर्ता गरेको भुजेलले जानकारी दिनुभयो । भारतीय प्रदर्शनकारीहरुले नेपाल प्रवेशमा नेपाल सरकारले रोक लगाएकाले यताबाट नेपाली सवारी साधनलाई पनि रोक लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *