Saturday, September 23, 2023

शैक्षिक गुणस्तर सङ्गै भौतिक संरचनामा पनि अब्बल बन्दै जनज्योति……

नाम मात्रै होइन काम पनि जनताको ज्योति कै रुपमा गुणस्तर शिक्षा प्रदान गर्ने केन्द्रकारुपमा आफुलाई स्थापित गर्दै आइरहेको जनज्योति मा.बि.मा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको आठ कोठे भवनको दोस्रो तलाको ढलान सम्पन्न भएको छ।

तराई मधेश समृद्धि कार्यक्रम र घोडाघोडी नगरपालिकाको लागत तथा बिध्यालयको साझेदारीमा उच्च गुणस्तर कायम भएको भुकम्प प्रतिरोधी मजबुत बवन सम्पन्न भएको छ।यो विशाल भवनको लागी योजना माग कसरी गर्नुभएको हो?योजना कसको सहयोगमा ल्याउन सफल हुनुभयो?भनेर जनज्योति मा,बि का प्रधानाध्यापक बक्त बहादुर शाही सङ्ग हामिले जिज्ञासा राख्दा लाखौं प्रयासका बाबजुद सम्बन्धित पक्षको सहयोग र बिश्वासका कारण यो योजना छनौट गरि हाम्रै बिध्यालयमा पार्न सफल भएका हौं। तराई मधेश समृद्धि कार्यक्रम ,काठमान्डूबाट रु ३० लाख, घोडाघोडी नगरपालिकाबाट रु ८ लाख र बिद्यालयको लागतसाझेदारीबाट १ लाख ४०हजारको लागत स्टेमेट्मा कार्य सम्पन्न हुँदै छ भनेर उहाले हामी सित बताउनु भएको छ।

बिगत लामो समय देखि यस बिधालयमा प्रधानाध्यापको भुमिकामा रहेका शाहीले बिधालयको वृद्धि बिकासमा ठूलो योगदान दिनुभएको छ।

घोडाघोडी नगरको स्थाइ मुकाम सुखड बजार क्षेत्रभित्रको सुन्दरपुरमा रहेको बिध्यालयमा यो विशाल भवन सम्पन्न भएपछी भौतिक संरचना युगको उत्तरार्धमा पुगिने बिध्यालयका बि.ब्य. स. अध्यक्ष प्रभुजङ शाहीले बताउनुभयो।

आउने आगामी दिनमा हामी सबैको ध्यान बिधालयको मौजुदा शैक्षिक गुणस्तर कायम राखी राष्ट्रिय र तहगत सक्षमता हसिल गर्ने,राष्ट्रिय आकांक्षा पूरा गर्न र बिद्यालयको शैक्षिक गुणस्तरमा केन्द्रित गर्ने प्रतिज्ञा समेत बिध्यालयले लिएको छ।धेरै बिध्यार्थी र अभिभावकको रोजाइमा पर्ने बिध्यालयको शैक्षिक वातावरण बालमैत्री रहेको छ।

बिध्यालयको स्तरोन्नति भएको देख्दा अध्ययन गर्ने बिध्यार्थिका अभिभाबक समेत हर्षित देखिन्छन। उहाहरूको भनाईअनुसार बिधालय अगाडि बढेको देख्दा खुबै खुशि लाग्ने कुरा अभिभावक टिकाराम खरेलले बताउनुभयो। स्मरण होस उहाँ यश बिध्यालको महायज्ञमा दस लाख बराबरको भुमिदन दान गर्ने दिवंगत दानि स्व:दधिराम खरेलको कान्छो सुपुत्र हुनुहुन्छ।यस्तैगरी बिध्यालयको उन्नती प्रगतिकानिम्ती जस्तो सुकै अबस्था र स्थितिमा पनि आफुहरुको योगदान बिद्यालयलाई निरन्तर रहने कुरा अर्का शिक्षाप्रेमी अभियान्ता दानी थम्मन बोहराले बताउनुभयो।उहाँ पनि यश बिद्यालयको भुमी दान गर्ने भुमिदाता हुनुहुन्छ। सामुदायिक बिद्यालयको शिक्षा लाई हेर्ने दृष्टिकोण शैक्षिक उन्नयनका आगामी योजना कस्तो छ?भनेर यश बिद्यालयका सामाजिक शिक्षक भजन बहादुर शाहीलाई सोधपुछ गर्दा उहाले बिध्यालय प्रगतिको आगामी रुपरेखा बिद्यालयलाई यो नगरकै भर्पर्दो,रहर लाग्दो उच्च गुणस्तर शैक्षिक प्रदायक शैक्षिक केन्द्र बानाउनको लागि बिद्यालयमा भएको सम्पुर्ण साधन स्रोत तथा मानवस्रोतको अधिकतम उपयोग गरि आउदा दिनमा देखाइदिने ठोकुवा गर्नुभयो।साथै बिध्यार्थी अभिभावक र चन्दाताहरुको बिश्वास सहभागितामा बिद्यालयलाई उत्कृष्ट रिजल्ट दिएर सामुदायिक बिद्यालयलाई हेर्ने आममानिसको नजरमा नै परिबर्तन गरि छोट्ने रुपरेखाका साथ अठोट ब्यक्त गर्नुभयो।
साथै तराई मधेश समृद्धि कार्यक्रम र नगरपालिकाको सहयोगको लागि हार्दिक बधाई दिन चाहान्छु भन्नुभएकोछ।

यो बिधालयलाई यश अबस्था सम्म ल्याइपुर्‍याउन तत्त तत्त समयमा साथ सहयोग र योगदान दिने बिशिस्ट ब्यक्तित्वहरु,शिक्षक साथिहरु तथा आदरणीय अभिभावक,चन्दाता महानुभाव र बिध्यार्थी भाइ बैनिहरुलाइ आवश्यकता अनुसारको साथ सहयोगको लागि बधाई दिदै आगामी दिनहरुमा पनि वहाँहरुको साथ सहयोगको अपेक्षा प्रधानाध्यापक शाहीले गर्नुभएको छ।बिध्यालयलाई सम्पुर्ण रुपले सुबिधा सम्पन्न र शैक्षिक गुणस्तर उच्च राख्न बलियो बनाउन मलाई प्राप्तभएको युगिन जिमेवारिलाई ह्र्दयगम गरि सोही बमोजिम आफुलाई समर्पित गरि सदुपयो गर्ने सार्गर्भित भनाइ हामिसित कुराकानी को क्रममा गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *