Saturday, September 23, 2023

केपीलाई माधवको चेतावनी– पूर्वएमाले एकातिर हुन्छ भन्ने नसोच्नोस् !

ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको नेपालको निष्कर्ष

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखित/मौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आएका थिए । तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता नेपालले औपचारिकरुपमै मौनता तोडेका छन् ।

मंगलबारको बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए । र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उनले बताए ।

पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदै आएका छन् ।

यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गरेका छन् । र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गरेका छन् । यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन् ।

आफ्नो ३८ पन्ने प्रतिवेदनमा ओलीले प्रचण्डलाई स्पष्टरुपमा भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’

यसरी ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *