Sunday, September 24, 2023

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा घोडाघोडी नगरपालिका द्वारा आर्थिक सहयोग

डेमोक्रेसी सम्बादाता ,कैलाली मंसिर १८
कैलालीको घोडाघोडी नगरपालिका सुखडमा घोडाघोडी नगरपालिका कार्यालयले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर एक अनौपचारिक कार्यक्रम गरि शारीरिक रुपमा अशक्त छवि चौधरी लाई सपाङ सरह जिबिकोपार्जन गर्नका लागि प्रोत्साहन मिलोस भनेर रु २५०००/- नगद आर्थिक सहयोग गरेको छ ।सो रकमले सीपमुलक तालिम प्राप्त गरि स्वरोजगार बन्नका लागि टेवा पुग्ने छ र परिवारको लालनपालन गर्नेका लागि सहजहुने नगरप्रमुख ममताप्रसाद चौधरीले बताउनु भयो साथै घोडाघोडी नगरपालिकाका शारीरिकरुपमा अत्यन्तै अशक्त नागरिक लाई पहिले पनि व्हिलचियर सहयोग गरेको र अपांग भत्ता उपलब्ध गराएको तथा अन्य त्यस्तो अशक्त ब्यक्ती भएका फेरि पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। साथै सुदुरपशिम प्रदेशकै एकमात्र अपांगमैत्री बिशेष बिधालय घोडिघोडी नगरपालिका को सुखडमा निर्माणको प्रक्रियामा रहेको र सो बिशेष बिधालय निर्माण पछि शारीरिक रुपमा अशक्त बिद्यार्थी लाई धेरै नै लाभ मिल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह ले बताउनु भयो।सो कार्यक्रममा नगर उपप्रमुख प्रेमा कुमारी थापा, इप्रका सुखडका डिसपी सागर बोहरा,वार्ड न ५का वडा अध्यक्ष प्रेम रोकाय समाजसेबी तारासुबेदी लगाएतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *