डेमोक्रेसी सम्बादाता,कैलाली मंसिर २७ सुदुरपश्चिम् प्रदेश कैलाली निर्वाचन क्षेत्र३ (ख)का सासद माननीय अमर साउद ज्यु बाट घोडाघोडी नगरपालिका वार्ड न.४ को कौवाखोला माथी भालुफाटा मैतवा जोडने पक्की पुल आज एक कार्यक्रम गरि शिलान्यास गरिएको छ।सुदुरपश्चिम प्रदेश सरकार र घोडाघोडी नगरपालिकाको समपुरक बजेट जो आधा आधा दायित्व रहने गरि कुल दुई करोड बीस लाख चार हजार बयासी रुपैया कर सहित सो पुलको लागत रहेको छ भने यो पुल बहुबर्षिय योजना रहेको मिति २०७७/६/११ सम्झौता गरिएको थियो ।सम्झौता मितिले दुई बर्ष भित्र सम्पन्न गरि हस्तान्तरण गर्नु पर्न छ ।सो पुलको ठेक्का तेडि/मणिलेक जेभी धनगढी कैलालीले लिएको छ । शिलान्यास कार्यक्रम घोडाघोडी नगरपालिकाको आयोजनामा नगरप्रमुख ममता प्रसाद चौधरीको अध्यक्षता गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सासद माननीय अमर साउद रहेका थिए । नगर उपप्रमुख प्रेमा कुमारी थापाको स्वागत मन्तव्य रहेको थियो भने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिङ ले कार्यक्रम सन्चालन गर्नु भएको थियो कार्यक्रममा स्थानीय जनता ,बुद्धिजीवी ,समाजसेवी राजनीतिज्ञ लगाएतको उपस्थिति रहेकोे थियोे ।









