Saturday, September 23, 2023

इत्तेहाद नेपाल कपिलवस्तु द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


कृष्णनगर, कपिलवस्तु, मंसिर २६
कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा चाइनामा भएको मुस्लिम समुदाय माथिको दमनको घोर बिरोध गरिएको र मुस्लिम माथिको दमन सहन नहुने समेत सहभागी हरूको जोड थियो । साथै मुस्लिम हरूको महान चाड इद र बकर ईद मा सरकारले बिदा दिनुपर्ने कुराको माग समेत गरियो भने सरकारी जागिरमा मुस्लिम कोटा छुट्याएर मुस्लिम समुदाय लाई राज्यले समबोधन गर्नु पर्ने, उच्च शिक्षा
संचालनमा रहेका मदरसा हरूको सरकारी सरह डिग्रीको मान्यता दिनुपर्ने , त्यसमा पढाउने शिक्षक र भौतिक पूर्वाधार को समेत व्यवस्थापन सरकारले गर्नु पर्ने जस्तो कुरा मा विस्तृत छलफल भएको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां ले जानकारी दिए । उक्त कार्यक्रममा मौलाना मुस्ताक अहमद, मौलाना अकिल, मौलाना अब्बास अली, हाफिज यार मोहम्मद, मौलाना जहिर अहमद, मौलाना अब्दुल खबिर, अब्दुल रहमान नूर मोहम्मद , अहलेसुन्नत इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां लगायत अन्यको उपस्थित रहेको जानकारी इत्तेहाद नेपाल कृष्णनगर कपिलवस्तु उपाध्यक्ष मौलाना सफिक अहमदले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *