Saturday, September 23, 2023

सल्यानको एक विद्यालय पुस १० गते सम्म बन्द रहने


मंसिर-२८-दाङ्ग
निराजन के सि

गत मंसिर ७ गतेदेखी खुलेको सल्यान कपुरकोटको एक सामुदायीक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछी आगामी पुष १० गते सम्म बन्द भएको छ ।

कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा आइतबार देखी पुष १० गते सम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्ली कुमार डाँगीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछी कपुरकोट गाउँपालिकासंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको निमित्त प्रअ डाँगीले जानकारी दिए ।

संक्रमीत ८ शिक्षक मध्ये एक जना कोरोना मुक्त भइसकेका छन् भने थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण या चिन्ह देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । मावि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *