Saturday, September 23, 2023

घोडाघोडी नगरपालिका अन्तर्गत एक नम्बर वार्डको रिंगरोड कार्य शुभारम्भ हुँदै

खगेन्द्र अवस्थी
कैलाली

घोडाघोडी नगरपालिका वार्ड न. एकमा रिंगरोड कार्य शुभारम्भ एक हप्ता भित्रै हुन लागिरहेको छ।घोडाघोडी नगरपालिकाको सुखड बजार,बेलकोट,लोहरपुर,लक्ष्मिपुर हुँदै घोडाघोडी कौवा भएर माछापोखरी,लिटिल चोक,पिपलडाडा भएर पेट्रोल पम्प सम्मको करिब ११ कि.मि. रोडको लागत रकम २करोड ७२ लाख भएपनी भ्याट सहित ४०% बिलो अर्थात १ करोड ५८ लाखमा “रेखा निर्माण सेवा” ले ठेक्का पाएको थियो।

गत पुस महिनाको अन्तिम शुक्रबार घोडाघोडी नगरपालिlका र रेखा निर्माण सेवाका संचालक जनक शाही बिच आगामी चैत मसान्त भित्र कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता सम्पन्न भएको छ।रिंगरोडको कुल लम्बाई ११ कि.मि. भएपनि पहिलो चरणको कार्य ३.५६ कि.मि लम्बाई र सडकको चौडाई ५.५ मि. सम्म कालोपत्रे हुने र क्रमागत बजेट भएको ले बाकी काम आगामी आ.ब.मा हुने नगरपालिकाका इन्जिनियर सन्तोस चन्दले बताउनु भयो।

एक नम्बर वार्डका वडा अध्यक्ष मनराज शाहीको विशेष पहलमा ल्याइएको रिंगरोड अबधारणा र संघीय सरकारबाट पास भै आएको योजना शुभारम्भ हुँदै गर्दा एक नम्बार वडा बासी जनता र सेवा ग्राहीहरु हर्षित भएकाछन।कार्यसम्पादन समयमै सक्ने तथा उच्च गुणस्तर कायम भएको सडक निर्माण गरि देशको नवनिर्माण अभियानलाई सार्थक तुल्याई बिकासको गतिलाई तिब्रता दिने ठेकेदार जनक शाहीले बताउनुभयो।

उच्च गुणस्तर सहित समय मै कार्य सम्पन्न गरि जनता र सेवाग्राही हरुलाई लाभ दिई सेवा डेलिभर गर्नुपर्नेमा नेकपाका युवा नेता सुरेन्द्र शाही”बिबेक”ले जोड दिनु भयो।रिंगरोड को आगामी बर्षको आउने क्रमागत बजेट बारे जिज्ञासा राख्दा रिंगरोड सम्पन्न गर्न आबश्यक बजेटको लागि संघीय सरकारलाई घचघच्याई आर्थिक तथा राजनितिक विषयमा कुनै प्रकारको कमि हुन नदिने,बरु यस रोडको सफलताको निम्ति हरतरहको प्रयत्न र कोसिस आफ्नो तर्फबाट रहने प्रतिबद्धता हामिहरुबिच दोहोर्‍याएर राख्नु भयो। ज्ञातब्य होस शाहीले कोभिड १९ को कहरकै बिच एक नम्बर वार्ड बासी जनतालाई आफ्नो कमाइको केही हिस्सा छुट्याएर ब्यक्तिगत रुपले माक्स बितरण तथा घोडाघोडी न.पा.को विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकलाई दैनिक नास्ता स्वरुप अन्डा,चना उपलब्ध गराई उदार सहृदय प्रदर्सन गर्नुहुने युवा संघ नेपालका नेता हुनुहुन्छ।

क्रमागत भनिएको रिंगरोड आयोजनाको कुल लागत संघीय सरकारबाट १ करोड ३६ लाख र लागत साझेदार घोडाघोडी नगर सरकारबाट पनि १करोड ३६ लाख गरि जम्मा रू २करोड ७२ लाखको छ।यश रकमको भ्याट सहित ४०%बिलो अर्थात १ करोड ५८ लाखमा सम्झौता हुदा १ करोड १४ लाख बच्न्न आउँछ ।बचेको उक्त रकमले डेढ कि. मि. सडक थप कालोपत्रे हुने वार्ड अध्यक्ष मनराज शाहीले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *