Saturday, September 23, 2023

ल्वाङी पुजामा घोडाघोडी मन्दिरमा ५ सय कुखुरा र ६५ बोकाको बली

पुष ०४ सुखड ।
कैलालीको घोडाघोडी मन्दिरमा शनिबार बिहान पशु पंक्षिको बलि दिईएको छ । लवाङ्गी पुजाको अवसर पारी घोडाघोडी मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ ।

घोडाघोडी मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानविय क्षेती गर्ने, संकट आईपर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका गुरुवा परशुराम कठरियाले बताए । यो अवसरमा मन्दिरमा भाकल गरेका तथा नगरेका मानिसहरुले गाँउ–गाँउबाट कुखुरा, बोका, सुंगुर लगायतका पशु पंक्षिहरु मान्दिरमा चढाउने गरेका छन ।

बिगतमा थारु समुदायले मात्रै पुज्ने तथा बलि दिने गरेको यस पुजालाई पछिल्लो समय अन्य समुदायले पनि आत्मसाथ गर्ने गरेका छन ।समुदायको यस्तो सहकार्यले आपसी भाईचाराको सम्बन्ध कायम हुने तथा समाजिक सद्भाव समेत मजबुत हुदै गएको थारु समुदायका अगुवा बताउन्छन् । यस वर्ष घोडाघोडी मुख्य मन्दिरमा ५ सय ६० कुखुरा, ६५ बोका र २ वटा सुंगुरको बली चढाईएको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका संयोजक बुध राम चौधरीले बताए ।

यो वर्ष कोरोनाका कारण लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव गर्न नसकिएको आयोजकले जनाएको छ । प्रत्येक वर्ष घोडाघोडी मन्दिर परिसरमा थारु संस्कृति पहिचानको लागी “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान” भन्ने मुल नाराका लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव लाग्ने गर्थो ।

घोरीघोरा मन्दिर विशेष गरी थारुहरुको कुल देउताको रुपमा मानिने भएकाले वर्षभरी गरिएको खेती र जिवन रक्षाको लागि थारु रितिअनुसार सामुहिक रुपमा घोडाघोडीमा बलि चढाएर मात्र नयाँ अन्न भित्र्याएर खाने प्रचलन अहिलेसम्म चलि आएकोे छ ।तर पछिल्लो समय यसरी निर्दोस पशु पंक्षिको बली चढाउन नहुने र यसको बिकल्प खोज्नु पर्ने आवाजहरु उठन थालेका छन । पशुपंक्षिको बलि दिने परम्परा नराम्रो भएपनि दैविक शक्तिले अर्को संकट ल्याउने डरले बलि दिनुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *