Saturday, September 23, 2023

नेपाल लाईफद्वारा वीमा रकम हस्तान्तरण


पुस-०४
दाङ्ग

नेपाल लाईफ ईन्स्योरेन्स तुलसीपुर शाखाले जीवन वीमा वाफतको रकम भुक्तानी गरेको छ । शनिवार कम्पनीले एक कार्यक्रमकाबीच रुकुमपश्चिम त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी ५३ बर्षीया मृतक च्यूतरी पुनको मृत्यु दावी वाफतको तीन लाख ७८ हजार रुपैँया हस्तान्तरण गरेको हो । मृतककी छोरी रञ्जना खत्रीलाई शाखा प्रमुख यज्ञ प्रसाद पोखरेलले चेक हस्तान्तरण गरेका हुन् ।
पुनको गएको भदौ ८ गते मृत्यु भएको थियो । मृतकले तीन बर्ष पहिले तीन लाखको बीमा बनाएको र उनको मृत्यु पछि छोरीलाई सोही रकम हस्तान्तरण गरिएको हो । त्यस अवसरमा पेशागत बीमा अभिकर्ता संघ नेपाल, नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा समिति तुलसीपुरका अध्यक्ष राम बहादुर वलीले अहिलेको परिवेशमा वीमा अपरिहार्य भएको बताए । वीमा बचत मात्रै नभई सुख, दुःखको सारथी भएको समेत उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *