Saturday, September 23, 2023

अन्ततः संसद् विघटनको सिफारिस

२०७७ पौष ५ आइतबार १०:३७:००

मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गरेको छ । 

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएको नयाँ पत्रीका ले बताएको छ।

गत मंगलबार सरकारले मन्त्रिहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसद भीम रावल र पम्फा भुसाल निवेदन दर्ता नगरी फिर्ता भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *