नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका पुर्व अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह भोलि नेपाल आउँदैछन् ।उनको नेपाल आउने सम्पुर्ण तयारी पूरा भएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।शाह भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने छन् ।यहाँ आउँदा उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्नेछन् ।पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको श्रोतको दावी छ ।भ्रमणकै क्रममा शाहले प्रधानमन्त्रीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइएको छ ।