Saturday, September 23, 2023

नवनियुक्त मन्त्री गौरीशंकरलाई कैलारी गाउँपालिका अध्यक्षको खुला चुनौतीः दस करोड ऋण तिर्न ओलिको चातुकार बनेको दाबी

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले खुला चुनौती दिएका छन्।

पूर्व कृषि मन्त्ती समेत रहेको गौरीशंकर कैलालीको निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित सांसद हुन्। माओवादी आन्दोलनबाट राजनीतिमा आएका गौरीशंकर कैलारी गाउँपालिकाका स्थानीय हुन्। उनका पार्टी सहकर्मी तथा सोही गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आफ्नो फेसबुकमा लेख्दै कडा चुनौती दिएका हुन्।

गौरीशंकर चौधरी मन्त्रीमा सपथ लिएपछि गाउँपालिका अध्यक्ष लाजुरामले प्रतिक्रिया जनाउँदै लेखे, “कमरेडहरु कुनै संकोच नमान्नुस मिति २०७७ पौष ५ गते पार्टी अलग भएको बेला गौरीशंकरलाई  दलाल र चातुकार भनेको थिए। तपाइको रु दश करोड ऋण छ । तपाईं ऋण तिर्नलाई ओलीको चातुकार बन्नु हुनेछ। उहाँले त्यही दिन ओलीको गाली र बेइज्जत गर्नु भो। बडो हसिलो र मुस्काान अनि क्रान्तिका कुरा गर्नु भो, अचम्म! अनि मैले के सोचे हुला चिन्ता अनि भोकाएको अनुहारलाई के खुवाउने ? ‘राती खाएन बिहान खाएन’ गौरी जी ले भनेपछि खाना खुवाए। हासी माजाक उहीँ भो ‘दलाल र चातुकार न बन्नुस’ काठमाडौ पठायौ। टिकट को कुरा न गरौ न उहीँ दिन को ‘पेट्रोल’ को आज उही भो   …. अब आइज तेरो भाषण र मेरो भाषण ? दलाल हामी कैलारीका कमरेड एक छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *