Thursday, September 28, 2023

प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्य सोडारी भन्छन्, सुदुरपश्चिम् सरकार परिवर्तन हुन सक्छ।

धनगढीः प्रचण्ड–नेपाल समूहमै रहेका सुदूरपश्चिमका प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीले मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि व्यवस्थापन गर्न नसके सांसदहरु विद्रोहमा उत्रिने बताएका छन्। 

सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारीले मन्त्रीपरिषद् पुर्नगठन गरेर अन्य प्रदेशसभा सदस्यहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको बताए। 

तर मुख्यमन्त्रीले प्रदेशसभा सदस्यहरुका यी आवाजको वेवास्ता गरेमा भने विद्रोह सिर्जना हुनेसक्नेतर्फ गम्भीर बन्नुपर्ने सुझाव उनको छ। 

‘मुख्यमन्त्रीले सरकार पुर्नगठन गरेर ठीकठाक गर्नुभएन भने उहाँलाई समस्या हुनसक्छ,’ दिनेश एफएमको नागरिक सवालमा कुराकानी गर्दै सोडारीले भने,‘सबै माननीयको भावनालाई समेटेर दु्रत गतिमा काम गर्ने समूह(टिम) बनाउनुपर्छ।’

‘भित्रभित्रै मुख्यमन्त्रीको पक्षमा रहेका प्रदेशसभा सदस्यहरुलाई तत्काल व्यवस्थापन गर्न सक्नुभएन भने सरकार विस्तार पनि हुनसक्छ,’सोडारी थप्छन्,‘मुख्यमन्त्री बचाउने अभियानले पनि सार्थकता पाउँदैन्।’  

सोडारीलाई नेकपाले यसअघि पदीय आचरण विपरीत काम गरेको भन्दै गरेको अनुशासनको कारवाही गरेको थियो। तर विभाजनपछि प्रचण्ड–नेपाल समूहले सोडारीको कारवाही फुकुवा गर्दै कैलाली जिल्ला अध्यक्ष बनाएको छ। 

सोडारीले सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद्मा पनि आफ्नो सहभागिता हुनुपर्ने माग पनि गर्दै आएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *