Sunday, September 24, 2023

केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएको हो : बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभइ महाधिवेशन आयोजक समिति रहेकोे प्रष्टीकरण दिएका छन् । 

शनिबार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो प्रष्टीकरण दिएका हुन् । यद्यपी महाधिवशेन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो ।

‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो । यसमा पनि प्रष्ट पार्ने देखियो । हामीले विस्तार गरेको केन्द्रीय समिति होइन । महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । यद्यपी यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ । ’ उनले भने । 

अहिलेको समिति झुप्रो हो, घर महाधिवेशनले नै बनाउँछ

नेता बस्नेतले अहिलेको केन्द्रीय समितिलाई ‘एउटा घर भत्काएर अर्को नबन्दासम्म कामचालाउ रुपमा बनाइएको झुप्रो जस्तै’ भनेका छन् ।  उनले घर रुपी केन्द्रीय समिति भने सानो आकारको हुने दाबी गरे । 

महाधिवेशनले दुई सय देखि दुई सय ५० जनाको केन्द्रीय समिति हुने उनको विश्लेषण छ । ‘हामीले घर बनाउन सुरु गर्दा पुरानो घर भत्काइन्छ । नयाँ घर बनिसकेको हुँदैन । त्यतिबेला पनि बस्न त पर्छ नै । त्यति बेला बस्न एसो छेउमा बनाएको झुप्रो जस्तै हो अहिलेको मुल आयोजक समिति ।’ उनले भने,‘अधिवेशन पछि बन्ने केन्द्रीय समिति सानो दुई सय देखि दुईसय ५० सदस्यसम्मको बन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *