नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् ।
उनले प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान आग्रह गरे । उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरे । चुनाव चिन्ह सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी थियो ।
अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकार भित्रको हसिँया हतौडा लिएर गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्नु भनेको विगतमा जारी माग्नु सरह रहेको उनले टिप्पणी गरे ।
उनले भने, ‘विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कममरेडले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिए जस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्ह लिएर गर्ने हो ।’
शनिबार ओली पक्षीय युव संघले आयोजना गरेको कार्यक्रममा भाग लिन पोखरा आएका थिए