Saturday, September 23, 2023

कलैया सिटि जेसीजको निर्वाचन कार्यक्रम स्थगित

कलैया ११ पुष।
कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन स्थगित भएको छ । कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भईरहदा उम्मेदवारहरु विच आपसी सहमति नहुँदा तथा बैठकको समय समाप्त भई राति परेको हुँदा निर्वाचन कार्यक्रम तत्काल गर्न नसकिएकोले हालको को लागि निर्वाचन स्थगित गरिएको तथा निर्वाचनको अर्को समय तोकि निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरिने कुरा जेसिसका निर्वाचन अधिकृत जेसी रोजेश कुशवाहाले बताए ।
उम्मेदवारी दिएका दुबै पक्षलाई निर्वाचन स्थगितको लागि सुचना जारि गरेपनि केही जेसीज मित्रहरुले आफै हचुवाको तालमा नयाँ कार्यसमिति बनाएको कुरा सन्दा आफुलाई आश्र्चय लागेको तथा जेसीजको मर्म र नियमलाई उपहास गरेकोमा त्यस्ता पक्षलाई जेसीजको गरिमा कायम राख्दै निर्वाचनमा भाग लिन आग्रह समेत गर्न चाहन्छु भनेर निर्वाचन अधिकृत कुशवाहाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *