Tuesday, September 26, 2023

छिपहरमाई गाँउपालिकामा हिन्दू परिषद नेपाल गठन


बीरगंज ११ पूस
हिन्दू परिषद नेपालले आज पर्सा जिल्लाको छिपहरमाई गाँउपालिकामा २१ सदस्यीय गाँउपालिका स्तरीय कमिटी र ९ सदस्यीय सल्लहकार कमिटी गठन गरेको छ।कमिटिको अध्यक्षमा लालबाबु साह,उपाध्यक्ष बिहारी साह,सचिव रामबाबू यादव,सह-सचिव आदित्य साह,कोषाध्यक्ष राजमंगल साह,प्रवक्ता धर्मेंद्र यादव,सदस्यहरु तपसी साह,मनोज दास,रोहित कुमार, उमाशंकर प्रसाद,संजय साह,रामलखन ठाकुर,सनोज महतो,मनेजर यादव, सुनीलदत्त साह,रामप्रति पासवान,रामबालक साह,महादेव साह सहित सल्लहकारहरु शिवजी उपाध्याय, बाल्मीकि मिश्रा, सेवक साह,मनोहर साह,शम्भू यादव, अमिका साह,धनबीर बाबा,बिंधाचल महतो रहेका छन।सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ। जनजागरण कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु कुर्मी,सुरेश साह कानू, पंडित सचितनन्द दुबे,केन्द्रिय सल्लहकार अधिवक्ता बिनोद पटेल,पर्सा जिल्ला सचिव अंशु कुमार प्रजापति,जिल्ला सदस्य अमोद केवट,बीरगंज नगर सदस्य राजेश पटेल,बड़ा न.२ उपाध्यक्ष सुनील महतो सहभागी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *