Thursday, September 28, 2023

जसपा द्वारा कृष्णनगरमा बिरोध प्रदर्शन


कृष्णनगर, पुस १२

जनता समाजबादी पार्टी (जसपा)ले आइतवार कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार कृष्णनगरमा प्रदर्शन गरेको हो ।

यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप कृष्णनगरको लिंकगेटमा भेला भएका थिए ।

जसपाका नेता अकरम पठानले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा बृजेश गुप्ता,अकिल अहमद, बजरंगी गुप्ता ,इंद्रदेव चौधरी जीवन श्रीवास्तव, गोपाल प्यारे चंदेल , छेदी प्रसाद यादव, निखिल पाठक, नदीम अरशद इदरीसी,सहित दर्जनौं व्यक्तिको उपस्थित रहेको थियो।लुम्बिनी प्रदेशको सबै जिल्लामा बिरोध कार्यक्रम भएको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ले दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *