दाङ्ग,निराजन के.सि
दाङका हरिया फाटमा साइकल मात्र गुडदैन । मनको इच्छा र चाहना फुल्छ बतास झै बिस्तारै बिस्तारै अगाडि बढ्छ ।पश्चिम नेपाल यहि शहरको कुनै छेउमा जन्म लिएका हुन मन्जिल के सि ।।
दाङ्ग तुल्सिपुर उपमहानगर पालिका-१२- का मन्जिल के सि एक प्रतिभासाली ब्यक्ति हुन त्र अहिले सम्म उन्को प्रतिभा बाहिर आउन सकेको छैन । उनी अहिले कक्षा १२ मा इलेक्टि्रकल इन्जिनियरिङ (electrical engineering ) अध्यनरत छात्र हुन । उनी आफै गीत लेखेर आफै गाउने गर्छन । उनिले थुप्रै गीत हरु लेखेका छन । त्र उनी लाई ती गीत रेकर्ड गर्न अबसर पाएका छैनन । उनका ती गीत रेकर्ड गर्ने ठूलो रहर छ ।
उनी नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्दै गरेका प्रतिभा हुन । स्कुलमा पनि उनको प्रतिभा मन पराउने धेरै थिए । उनलाई सपनाले सधैं हैरान बनाउछ ।कहिले कलाकार बन्ने भनेर सधैं मनमा खेल्छ । मिठो बोल्ने सबैलाई सम्मान गर्ने आफ्नो काममा इमानदारीता देखाउने तरिकाले मन्जिल लाई फरक बनाएको छ , ब्यबहारिक बनाएको छ ।सक्षम बनाएको छ र सजग बनाएको छ । मन्जिल सङ भएको सम्पती उनको कला हो ।जो किनेर पाइदैन । सामान्य परिवारमा जन्मेपनी उनलाई पछुतो छैन । गुनासो पनि छैन । उनको धारणा छ सबभन्दा पहिले हामी मानव हौ ।मानताको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।
उनले भन्छन “जीवनमा मैले लिएको आफ्नो लक्ष्यलाई पुरा गर्ने धोको छ । एकदिन म पनि कला क्षेत्रमा जम्ने बिश्वास लिएको छु” ।उद्देश्य लिएपछि अबस्य पुरा हुन्छ।