Saturday, September 23, 2023

कस कसको‌ संरक्षणमा हुदै छ काठ तस्करी

शहबाज खान/कपिलवस्तु
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने कृष्णानगरका सीमा नाकाहरु तस्करीको अखाडा बन्दै गएको देखिन्छ । ती नाकाहरुमा सशस्त्र प्रहरी बल नेपालको बीओपी र इलाका प्रहरी कार्यकाल कृष्णानगर मताहत पुलिस चौकीहरु पनि बनेको छन् । तर तस्करी जस्ता अवैध करोबारहरु रोक्न अझै नसकेको स्थिति छ ।
अहिलेको अवस्थामा काष्ठ तस्करी दिन दिनै दोब्बर भंइरहे को तर सम्बन्धित निकायहरु मौन जस्तै बसेका देखिन्छ ।काष्ठ तस्करी र अवैध रुपमा आबादी वन फडानी लगातार बढदै गएको छ‌। यो कारोबारमा ठूला ठूला काष्ठ उद्योग हरुको सहभागिता समेत रहेको स्थानीयहरुले बताउदछन् । अवैध तरिकाले लुकाई छिपाई ल्याइएका काष्ठ सीमा नजिक रहेका काष्ठ उद्योगहरुले सस्तो मूल्यमा खरिद गरि राति राति काष्ठको चिरान गरि महंगों मूल्यमा नेपालका बिभिन्न बाजारहरुमा बेच्दै आएका छन् ।
एक जना सूचकको भनाइनुसार कृष्णानगर नगरपालिकाको वडा नं.१२ नरैनापुर , हथियागढ लगायत अन्य सीमा नाका बाट सिसम, सागुन जातका काष्ठ भारतको बलरामपुर जिल्लामा पर्ने बेलभरिया,परसरामपुर लगायत अन्य गाऊ हरुबाट काष्ठ ल्याई सीमा नजिकमा रहेका काष्ठ उद्योगहरुमा सप्लाई गर्दै आएका छन् र नेपालको आबादी काष्ठहरु पनि अवैधरुपमा कटान गरी ा बन विभागको टाचा बिना र्नै उद्योगहरुमा सप्लाई गरिरहेका छन। इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बीओपी कृष्णनगर मताहतका क्षेत्रहरुमा काष्ठ तस्करी यसरी बढेको देखिन्छ।
यस सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल बीओपी कृष्णानगर का सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यसँग बुझ्दा उनको भनाइनुसार सशस्त्रको टोली उक्त सीमा क्षेत्रमा पुग्दा तस्करहरु सजग हुने गरेको बैलगाडा,साइकलबाट ल्याउदै गरेको निरीक्षक आफुले पनि कता कतैबाट सुनेको तर ठिक्कै सूचना नभयेको कारणले अहिलेसम्म समात्न नसकेको र सशस्त्र प्रहरी बल नेपाल सिमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्न हरेक सम्भव प्रयास गर्ने कुरा बताए ।
२०७७ पुस १४ गते समय साझ ६ः५८ बजे काष्ठ तस्करी को बिषयमा इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलसँंग बुझदा आफ्नो क्षेत्रमा २ वटा काष्ठ उद्योग रहेको बताउदै उनले भने कि ‘मैले केही छिन अगाडी काष्ठ तस्करीको सम्बन्धमा सूचना पाएको थिए र सो क्षेत्रमा प्रहरी टोली परिचालन गरेका छू। म आएको दिन देखि अहिलेसम्म काष्ठ समातेको छैन। आफ्नो क्षेत्रमा पर्ने काष्ठ उद्योगहरुमा कडा निगरानी गर्ने आश्वासन भने उनले दिएका छन।
यता इलाका प्रहरी कार्यकाल कृष्णनगर अन्तरगत ५ वटा काष्ठ उद्योग रहेको छ। कृष्णानगर नगरपालिका वडा नं.१२ बेदर्दीमा एक वटा,हरिगवामा दुई वटा र वडा नं.३ लक्ष्मीनगरमा दुई वटा रहेको छन् ।
सूचक अनुसार काष्ठ तस्करी लामो समयदेखि चलिरहेको छ र तस्करहरु मोटरसाईकल,साईकलमा ल्याई गाऊको छेउछाउमा रहेको बगैचा र परालहरुमा लुकाई छिपाई राख्छन र मौका छोपी काष्ठ उद्योगहरुमा सप्लाई गर्छन।
लामो समय देखि चली रहेको काष्ठ तस्करी कस कसको संरक्षणमा चलिरहेको छ र यो तस्करी गर्ने र गराउने मुख्य नाईके को………….? गम्भीर प्रशन खडा भइहरकेो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *