Thursday, September 28, 2023

संसद पुनःस्थापन प्रचण्ड -माधब समुहको दिवा सपना मात्र- मेयर चौधरी

डेमोक्रेसी सम्बादाता/कैलाली १७ मंसिर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले ससद पुनःस्थापन प्रचण्ड -माधब समुहको दिवा सपना मात्र हुने बताएका छन।आज घोडाघोडी नगरपालिकाको सुखड्मा नेपाल कम्युनिस्ट पार्टी नेकपाको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै संसद कुनै पनि हालतमा पुनःस्थापन नहुने ठोकुवा गरेका छन।पार्टी भित्र घेराबन्दी गरि सरकार लाई काम गर्न अबरोध गर्दा सुखी नेपाली र समृद्ध नेपाल को सपना पूरा नहुने र जनताले दुख पाउने हुनाले दुई तिहाई मत प्राप्त बहुमतको सरकारको प्रमुखले गरेको संसद विघटनको निर्णय बैधानिक र संविधानसम्मत भएको हुनाले अब चुनावको विकल्प नरहेको र आम नेता कार्यकर्ता चुनाबको तैयारिका लागि होमिन तैयार हुन पर्ने बताए।साथै अध्यक्ष र महासचिव सहित बहुमत केन्द्रिय सदस्य पनि रहेकाले पार्टी चुनाब चिन्न पनि पाउने र आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केपी ओलिले नेतृत्व गरेको पार्टी हुने बताए साथै प्रचण्ड -माधब समुह लाई कार्यबाही नगरेको र जिम्मेवारी बाट मात्र हटाएको बताए। पार्टी लाई तल सम्म चुस्तदुरुस्त बनाउन र पार्टी एकताको पक्षमा लागि निर्वाचन को तैयारीमा जुटनका लागि पुस २३ गते सुदुर पश्चिम प्रदेश स्थरिय भेला गर्ने र त्यस्को तैयारीका लागि कार्यकर्ता परिचालन हुनलाई निर्देश दिएका छन। कैलालीको जहिलेपनि नेतृत्व अत्तरिया-धनगढी र लम्की – टिकापुरले गरेकाले अब त्यसो नहुने र कैलालीको मध्य क्षेत्र सिङ्गो सुदुर पश्चिमको नेतृत्व गर्ने गरि तैयार हुनुपर्ने र नेता कार्यकर्ता पार्टी संगठन मजबुत बनाउन जनता सङ जानू पर्नेमा जोड दिनु भयो।सो भेलामा चार सय जनाको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *