Tuesday, September 26, 2023

३३ वर्षसम्म आफै टिका लगाएर अध्यक्ष बन्नेको गोठालो बन्न सकिन्नः मन्त्री रायमाझी

२०७७, १७ पुष शुक्रबार १७

पोखरा ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले कसैको गोठालो हुन नसकीने बताएका छन् ।

नेकपा कास्की ओली समूहले पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदै रायमाझीले राम्रो कुरा भए मान्ने नराम्रो भएसी के मान्नु छ र जरुरी । हामी कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान हुन्छ नी ।

कही विधी प्रक्रृया मान्ने हैन, कीन यीनले छोडे, घोका दिए भन्ने । आफ्ना गुरुलेत धोका दिइसके किरण, डा बाबुराम भट्टराई, विप्लवले त छोड्न पर्ने भयो हामी केका लागि बस्ने । पार्टी फुटाउने सरकार ढाल्ने, मन्त्री रायमाझीले प्रचण्ड तर्फ ईन्गीत भने मैले ९ वटा सरकार गिराएको मैले देखे, पार्टीको त टुक्रा टुक्रा ।

जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादली लिगेसीको कुरा गर्ने ।

सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ । रायमाझीले प्रश्न गरे वाहाँ हरुले मान्दा लिगेसी छाडेको नहुने हामीले त्यही संस्थापनालाई मानिरहदा लिगेसी छाडेको हुने ।

आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि संसद विघटन राजमाझीले बताए । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो, उहाँहरु आफै सडकमा जानुभयो ।

प्रधानमन्त्री वाहेक केही नदेख्ने आफ्नो जिम्मेवारी एकातरि छ काम अर्का तिर गर्ने, यसरी चल्छ । आफ्नै नेता र सांसदहरुले सरकार ढाल्ने हर्कत गरे पछि देशमा अस्थिरता र परिर्वतनका सिस्टमनै खत्तम हुने अवस्था भए पछि विघटन गरेर नयाँ जनादेश लिनुको विकल्प थिएन । रायमाझीले भने, निर्वाचनमा जाने भनेको सिस्टमलाई बचाउने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *