Tuesday, September 26, 2023

प्रचण्ड-नेपाल समूहको हालत सडकमा औषधि बेच्नेको जस्तो हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले नेकपाबाट फुटेर गएको प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने बताएका छन् । 

नेकपा केपी ओली समूहको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गन्तव्यमा पुग्न त राजनीतिक एजेन्डा हुनुपर्‍यो नि । उहाँहरूको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन । जसरी रत्नपार्कमा औषधि बेच्नेले मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरूको हालत पनि त्यस्तै हो ।’  

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको सूर्य चिह्न र आधिकारिक पार्टीको दाबीपत्रलाई हेरेर निर्वाचन आयुक्त पनि धेरै दिन हाँसेको बताए ।

उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन गरेका दोहोर्‍याए । ‘संसद्मा काम गर्न दिइएन, सरकारले जे काम गरेका थियो प्रचारित हुन पाएन । धरहरा बन्यो, रानीपोखरी बन्यो । राम्रो काम भयो भन्न पनि नसक्ने’ उनले भने, ‘यसबीचमा दुनियाँ आश्चर्यचकित हुने गरी प्रगति भएकाे कुरा थाहा थिएन, अहिले सबैले सुनेका छन् । प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथ्याे भारतमा रहेकालाई नेपालको प्रधानमन्त्रीबारे थाहा छ । विश्वभरि नेपालको चर्चा हुन थालेको छ । मोदीले नेपालको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाको प्रशंसा गर्नुभयो । पूरा गर्न सहयोग गर्छु भन्नुभयो । प्रचण्ड, नेपाल झलनाथले कहिल्यै प्रशंसागरेको सुन्नुभयाे ?’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *