पुस १८ सुखड डेमोक्रेसी सम्बादाता ,घोडाघोडी विद्युत सहकारी सस्थाले विद्युत महसुल घटाएको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा कार्यालय रहेको संस्थाले शनिवार पत्रकार सम्मेलन गरेर विद्युत् महसुल घटाएको बारेमा जानकारी दिएको छ । साबिक रूपमा लिँदै आएको महसुल भन्दा दोब्बर रूपमा विद्युत् महसुल घटाएको संस्थाका अध्यक्ष भीम बडूवालले जानकारी दिए । जनताले खोजी रहेको विद्युतिकरणको लक्ष्य र जनताले खोजे अनुसार अधिकतम राहत पाउने गरी नयाँ महसुल दर तय गरेको बताइएको छ । सुरुको चरणमा केही मात्रमा शुल्क बढी लिए पनि अहिले विद्युत् शुल्क घटाएको बताइएको छ । २० युनिट सम्म विद्युत् उपयोग गरे बापत पहिला ९० रुपैयाँ लिने गरीएको थियो । तर अहिले नयाँ विद्युत् महसुल अनुसार १० युनिट सम्म विद्युत् उपयोग गरेको उपभोक्ताले अब ३० रुपैयाँ तिर्नु पर्ने भएको छ । युनिट अनुसार इनर्जी शुल्क पनि शुन्य देखी ११ रुपैयाँ सम्म निर्धारण गरएिको घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लि.का अध्यक्ष भीम बडूवालले जानकारी दिए । त्यसका साथै ग्राहकले प्रयोग गर्ने भोल्टेज र एम्पियर अनुसार इनर्जी शुल्क निर्धारण गरीएको छ । संस्था स्थापना हुँदा खेरी जनतालाई गरेको प्रतिबद्धता अनुसार संस्थाले विद्युत् महसुल घटाएको बताईएको छ । तल कालिन गाउँ विकास समिति साडेपानि, दरख,रामशिखरझाला, पहलमानपुर, मसुरीया र उदासीपुर गाविसमा विद्युत् करण गर्ने उद्देश्यले २०६५ सालमा घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लि स्थापना गरीएको थियो । संस्थाले पहिलो चरणमा साबिक साडेपानि गाउँ विकास समिति भित्रका ग्रामीण भेगमा विद्युत् बालेको थियो । दोस्रो चरणमा घोडाघोडी नगरपालिका वडा नम्बर ४, ५, ७, ९ गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलारी गाउँपालिकाको वडा नम्बर ८ विद्युत् करणको काम सम्पन्न गरी सकेको छ । त्यस ठाउँका जनता बाट विद्युत् करणका लागी विभिन्न दरले रकम सङ्कलन गरी ९० प्रतिशत सरकारको र १० प्रतिशत जनताको लगानी हुने गरी नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको थियो । ठेक्का दिएको लामो समय पछि द्रोसो चरणको विद्युत् करणको काम सम्पन्न हुने चरणमा पुगेको संस्थाले जनाएको छ । प्रत्यक्ष रूपमा ८ हजार घर परिवारले घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था बाट विद्युत् उपभोग गरी रहेका छन् ।