Saturday, September 23, 2023

ट्रीपालमा रात कटाइरहेका बिपन्न आउजि परिवारको बन्ने भयो सुबिधासम्पन्न घर


पुस २०/कैलाली
करिव ५ बर्ष अगाडि टेङ्ग्ना नदिमा आएको बाढिले भएको घर र ५ कठ्ठा जग्गा समेत बालुवामा परिणत गराइदिएपछी घरबार बिहिन भएर त्रीपालमुनी बस्दै आएका कैलालिको घोडाघोडी नगरपालिका-४ का गिरि आउजी अरुदिन भन्दा सोमबार निकै खुशी थिए ।
लामो समय देखिको त्रीपालको बास छुटेर आफ्नै घरमा बस्न पाउने दिन आउन लागेका कारण आउजी खुशी भएका हुन । सहयोग नेपालको सक्रीयतामा स्विजरल्याण्डमा बस्दै आउनुभएकी शुभा इल्मर लामाको पहलमा स्विस नागरिक पिटर गुथ्रेजले आफ्नी दिबंगत श्रीमती उर्सुला गुथ्रेजको सम्झनामा आउजिको घर निर्माणका लागि आर्थिक सहयोग गरेपछी सोमबार घोडाघोडी नगरपालिकाकी न्यायिक समिती सदस्य पुजा न्यौपानेले घरको शिलान्यास गर्दा आउजी अत्यन्तै हर्सित भएका हुन ।
सोमबार घरको शिलान्यास भएपछी आउजिले आफ्नो टुटिसकेको सपना बुनिन थालेकोमा खुशी ब्यक्त गरे उनले सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रलाइ हेर्दै भने हामिलाइ घर बनाइदिने हजुरहरु हाम्रालागी भगवान बनेर आउनुभयो ।
घरवार बिहिन भएका आउजी दम्पतिको लागि घर निर्माणमा आफू त केवल माध्यम मात्र भएको सहयोग नेपालका अध्यक्ष मिश्रले बताए । उनले भने खास धन्यबाद आर्थिक सहयोग गर्ने पिटर गुथ्रेजलाई अनि बिशेष धन्यवाद पहल कदमी गरेर यो अभियान सफल बनाउनुहुने शुभ इल्मर लामा ज्युलाइ जसका कारण यो पबित्र काम सफल भएकोछ ।
स्थानिय रास्ट्रीय माबीले आउजी दम्पतिलाइ उपलब्ध गराएको जग्गामा २ कोठा भान्सा बरण्डा अनि सौचालय समेत निर्माण गरिने सहयोग नेपालका अध्यक्ष मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *