धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति निकै आक्रोश व्यक्त गरेका छन्।
पार्टी विभाजन पूर्व लेखराजका विशेष पात्र मानिने मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहमा देखिएपछि उनको आक्रोशको सीमा रहेन। सोमबार उनी मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजनीतिक संस्कार नभएको समेत भन्न भ्याए।
आयोजित पत्रकार सम्मेलनमा उनले भने, “उहाँको भूमिका आन्दोलनमा महत्वपूर्ण छ। त्यो आधारमा मुख्यमन्त्री बनाएका हौ। तर उहाँलाई राजनीतिक आचरण सिकाउन सकिएन्। राजनीतिक आचरण र संस्कार नभएकाले उहाँ अर्काे समूहमा लाग्नु भएको हो।”