Monday, September 25, 2023

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सुदुर पश्चिम प्रदेश पार्टी को रु तीस लाख भिम रावलको निर्देशनमा चोरी -कर्ण थापा

डिमोक्रेसी सम्बादाता कैलाली पुस२१,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदुर पश्चिम पार्टी कमिटी को नाममा रहेको रु ३००००० (तीस लाख )नेकपा सुदुर पश्चिमका इन्चार्ज भिम रावलको निर्देशनमा दुरुपयोग भएको नेकपा सुदुर पश्चिम् प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताएका छन ।धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पुस २४ गते नेकपाले धनगढीमा गर्ने बृहत जनसभा को तैयारको बारेका जानकारी दिने क्रममा नेकपाको सुदुर पश्चिम प्रदेश कमिटीको खातामा रहेको रु तीस लाख प्रदेश इन्चार्ज भिम रावलको निर्देशनमा दुरुपयोग भएको बताए खाता सन्चालन प्रदेश अध्यक्ष स्वयंम कर्ण थापा सचीव नेप बहादुर चौधरी र दिनेश चन्द्र सुबेदीको अनिवार्य हस्ताक्षर मा सन्चालन हुने गरि खोलिएको थियो र सोही अनुसार संचालन हुदै आइरहेको अवस्थामा भिम रावलको को निर्देशनमा खाताको पैसा ट्रान्सर्फर भएको र त्यसलाई चोरी समेत भएको अर्थमा बुझ्न सकिने बतएका छन।सो कार्य निन्दनीय र घोर आपत्तिजनक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *