Tuesday, September 26, 2023

भिम रावलले ४० करोड भ्रस्टाचार गरे- मन्त्री आले

धनगढी: नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपाका नेता भीम रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भएको आरोप लगाएका छन् र २०५५ साल मा दोस्रो पटक पर्यटन नागरिक उडयन मन्त्री भएको बेलामा चाइना साउथ वेस्टमा ४० करोड भ्रष्टाचार गरेको दाबी गरेका छन।

बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकमा बोल्दै मन्त्री आलेले यस्तो आरोप लगाएका हुन्। 

वनमन्त्री आलेले भीम रावलको सेटिङमा सुदूरपश्चिममा वन फडानी भएको दाबी गरेका छन्।

‘प्रदेशका वन मन्त्री माया भट्ट डाक्टर रावलकै दाहिने गोजीमा छिन्। अर्थ विकास तथा प्रकृतिक स्रोत समितिका सभापती गोविन्द कुँवर डाक्टर रावलकै साक्कै भिनाजु हुन्’ उनले भने, ‘फडानी गर्ने डिजाइनर डाक्टर रावलका भिनाजु गोविन्दका सहोदर भाइ कर्ण कुँवर ठुलो काठ व्यवसायी। यी सबैलाई संरक्षण गर्ने भीम रावल।’ 

मन्त्री आलेले भीम रावललाई प्रश्न गर्दै अगाडी भने, ‘तस्करी तपाई गर्ने यो सोझो मगरलाई आरोप लगाउने ?’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *