Saturday, September 23, 2023

जय नेपाल सामाजिक सस्थाकाे प्युठान जिल्ला अध्यक्षमा पत्रकार पाेख्रेल मनाेनित


पाैष २१
जय नेपाल सामाजिक युवा संस्था प्युठान जिल्लाको अध्यक्षको जिम्मेवारी पत्रकार विमल प्रसाद पोखरेलले पाएका छन् ।
उनी प्युठानबाट विभिन्न संचारक्षेत्रमा जन्ताका अावाज बुलन्द गर्दछन पाेख्रेलले हिमालय टाईम्स दैनिक ,नेपाली रेडियाे नेटवर्क र सगरमाथा टेलिभिजनमा रिपोर्टिङ गर्नुकाे साथै विभिन्न अनलाईन मिडियाहरुमा अाबद्व रहेका छन।
७७ वटै जिल्लामा शाखा विस्तार गर्ने क्रममा सोमबार सस्थाका केन्द्रीय अध्यक्ष राजु सुनारले पोखरेललाई प्युठान जिल्ला अध्यक्षमा चयन गरेका हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले पछिल्लो समय ३६ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
पाेख्रेल पत्रकारिता संगै जिल्लाका विभिन्न सामाजिक संघ सस्थामा समाबेस रहि जनमुखी कार्य गर्दै अाएका छन।
साखा बिस्तारकाे क्रममा गत आइतबार मात्रै रामेछाप जिल्लामा मिलन घिमिरेलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो भने साेमबार प्युठान जिल्ला अध्यक्ष मा बिमल प्रसाद पाेख्रेल मनाेनित भएका छन याे संगै सस्थाले ३६ जिल्लामा साखा बिस्तार गरेकाे छ जिल्लाकाे कार्यसमितिलाई पुर्णता दिन जिल्ला अध्यक्षलाई जिम्मेवारी दिएकाे छ। संस्थाले सामाजिक क्षेत्रमा सहयाेग गर्ने सरकारबाला निकाय संग सम्माेनय गरि जनमुखि कार्य गरिअाएकाेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *